हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आग्रह


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीका लागि निवेदन दिएर लामो समयदेखि भुक्तानी लिन बाँकी रहेका बीमितहरुले २१ दिनभित्र लिन आग्रह गरेको हो । विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा लघु बीमाका दाबीहरुको दाबी भुक्तनी रकम लैजान कम्पनीले भनेको हो ।

भुक्तानीका लागि निवेदन दिएपश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि दाबी भूक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । २०८० वैशाख मसान्तसम्म दाबी परेका ग्राहकले दाबी फछ्यौटका लागि आवश्यक कागजात सहित शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको हो । आफ्नो फछ्यौट हुन बाँकी बीमा बापत परेको दाबीको भुक्तानी लिनु पर्नेछ । यदि २१ दिनभित्रमा पनि दावी फछ्यौटको लागि आवश्यक कागजातहरु प्राप्त नभएमा उक्त दावी फाइलहरु बन्द गरिने कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *