प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा, भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । उनले बुधबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आजदेखि आफू चार दिने भारत भ्रमणमा जान लागेको जानकारी गराएका थिए ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेलगत्तै शीतल निवास पुगेका थिए । प्रधानमन्त्रीले विदेश भ्रमण जानुअघि आफ्नो भ्रमणबारे राष्ट्रप्रमुखलाई जानकारी गराउने प्रचलन छ । त्यसकै लागि प्रचण्ड शीतल निवास पुगेका हुन् । प्रचण्ड बुधबारदेखि चार दिने भारत भ्रमणमा जाँदैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *