प्रचण्डले १०८ किलो रुद्राक्षले पूजाअर्चना गरेको महांकालेश्वर मन्दिरको विशेषता के हो ?

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महांकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । १२ ज्योतिर्लिंगमध्ये एक मानिने महांकालेश्वर मन्दिरमा काठमाडौंबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्षले पूजाअर्चना गरेका हुन् ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महांकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

महांकालेश्वर त्यो ज्योतिर्लिंग हो, जसलाई पृथ्वीको केन्द्र मानेर तयार पारिएको पञ्चांग गणना र विक्रम संवत् नै हाम्रो सामाजिक, सांस्कृतिक र राज्यको वैधानिक पात्रो हो। नेपालमा वीर अस्पताल अगाडिको महांकाल देवीको मन्दिरलाई यस महांकालेश्वरको शक्ति मानिन्छ र त्यही मन्दिरलाई नेपाल देशको केन्द्र मानेर समय गणना हुन्छ र त्यसै आधारमा हाम्रा पात्रोहरू तयार भइरहेका छन्।

महांकालेश्वरमा चिताको ताजा भष्मको आरती हुन्छ र चरम तामसी अर्थात् बाममार्गबाट पूजा हुन्छ। शिवलाई मदिरा चढाइने एकमात्र मन्दिर महांकालेश्वर हो। त्यही कारण काठमाडौंको महांकाल देवीलाई पनि मदिरा चढाइन्छ। अघोर र तन्त्र साधनाको सर्वोच्च अखडा, अवन्ती ९हालको उज्जैन० राज भगवान महांकालेश्वरको दर्शन गर्नु प्रधानमन्त्री प्रचण्डका लागि ठूलो सफलता मानिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *