बुढौलि साहित्य कार्यक्रम भक्तपुर खरीपाटीमा सम्पन्न


भक्तपुर । भक्तपुर बुढ्यौलि साहित्य समाजको आयोजनामा बाल साहित्य कार्यक्रम विध्यालय प्रतियोगितामा २९ जना भाइ बहिनिहरुले भाग लिएका थिए । सो कार्यक्रम क्वालिटि एकेडेमि ईङगलिस स्कुलको प्राङगणमा आयोजना गरीएको थियो ।

उक्त बुढौलि साहित्य कार्यक्रममा प्रमुख अतिथि चट्याङ माष्टर कृष्णमुरारी गौतम,सल्लाहकार बिश्वनाथ ढुगेंल,शंकर मानन्धरको उपस्थिति रहेको थियो । बाल साहित्य कार्यक्रम छनोट संयोंजक जिवनाथ अधिकारी ,रामशरण न्यौपाने र रामशरण थापाको सयुंक्त गठन टोलि निर्णायक भुमिकामा रहनु भएको थियो ।

उक्त बाल साहित्य कार्यक्रममा चांगुनारायण नगरपालिका अन्तर्गतका २९ जना भाइ बहिनिहरुको सहभागित मध्ये प्रथम रिजु गौतम , द्धितिय समीर खाँ , तृतिय दिपशिखा लामिछानेलाई क्रमशः प्रथम पुरस्कार १५०० , द्धितिय पुरस्कार १००० , तृतिय पुरस्कार ५०० प्राप्त गर्ने भाईबहिनिहरुलाई नगद र प्रमाणपत्र वितरण गरीएको थियो ।

साथै अन्य सहभागि वालवालिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरि क्वालिटि एकेडेमि स्कुलका प्रिन्सिपल जि वि खडकाले बुढौलि साहित्य कार्यक्रमले स साना भाईवहिनिहरुलाई अध्ययन र वौद्धिक ज्ञानको समेत उर्जा थपि दिएकोले सफलताको शुभ कामना दिनु भएको थियो ।

साथै भक्तपुर बुढौलि साहित्य कार्यक्रमले यश वर्षको सुर्यकान्त गेलाल पुरस्कार साहित्यकार देवी प्रसाद मिश्रलाई प्रमुख अतिथि चट्याङग माष्टर कृष्णमुरारी गौतमले नगद रु ५ हजार ५ सय ५५ सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो। कार्यक्रम सञ्चालक डिल्लिप्रसाद मुलतिहुनले कार्यक्रमलाई थप रौनक वनाई आफना सृजनाका भाकाहरुले सवैमा मनोरञ्जन दिनु भएको थियो । साथै अन्य साहित्यिक श्रष्ठाहरुले पनि कविता वाचन गर्नु भएको थियो । अन्त्यमा कार्यक्रमका सभापति दिनानाथ शर्मा ले आफना कविता वाचन गरि कार्यक्रम सम्पन्न गरीएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *