काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ। तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ।

काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए। कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा शुक्रबार र आज न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ। तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *