प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य बन्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य भएको बताएका छन् । राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा सभ्य भएकाले उनले खुशी व्यक्त गरेका छन् । भारत भ्रमणबाट फर्किपछि प्रधानमन्त्रीले सांसदहरुले राखेका जवाफ दिने क्रममा प्रतिनिधि सभामा लफडा नै सिर्जना भएको थियो । तर राष्ट्रिय सभामा स्वच्छ वातावरण सिर्जना भएपछि प्रधानमन्त्री प्र्रचण्डले सो कुरा उल्लेख गरेका हुन् । प्रचण्डले बताए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपा लगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा पारेका थिए । विशेष गरि कृषि प्रधान देश नेपालमा अनुदानमा मुर्रा जातका राँगाा नेपाल ल्याउने सहमति भएपछि प्रतिपक्षका नेताहरुले आक्रोस व्यक्त गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *