बालकृष्ण खाणको पक्षबाट बहस गरेका १५ वकिलको निष्कर्ष: इमेज ड्यामेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा खाणको तर्फबाट मंगलबार र बुधबार गरेर जम्मा १५ जना वकिलले बहस गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बालकृष्ण खाँणको प्रतिरक्षा बहसमा मगलबार १० जना वकिलहरु शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए ।

सो बहसमा उनीहरुले खाँण निर्दोष भएको निष्कर्ष निकालेका थिए । यस्तै बुधबार पनि ५ जना वकिलहरुले उनको पक्षमा बहस गरेका हुन् । खाँणको प्रतिरक्षा गर्ने वकिलहरु वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, ललितबहादुर बस्नेत र खम्बबहादुर खातीले बहस गरेका हुन्् ।

न्यायाधीश प्रेस प्रसाद न्यौपानको इजलासमा खाणको तर्फबाट बहस गर्दै गोपालकृष्ण घिमिरेले सम्भावना बोकेका नेताको इमेज ड्यामेज गर्न बिना प्रमाण मुद्दा चलाइएको उल्लेख गरेका छन् । टेकनारायण पाण्डेले हिरासतबाट खाणलाई लेखेको भनिएको पत्रको पनि कुनै आधिकारिकता नभएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *