यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको न्यायालय सुधारको कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाई सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् ।

बिहीबार जारी संसदीय सुनुवाइ समितिको बैठकमा उनले २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका हुन् ।
सो क्रममा उनले २०६२ देखि ०६९ सम्मका मुद्दा अहिले निमिट्यान्न पार्न लागिपरेको बताएका छन् ।

‘न्यायाधीश अभावको कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । हाम्रो लक्ष्य २०८० असार मसान्तसम्म नील गर्ने थियो,’ उनले भने, ‘अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ । अहिले २०६२ देखि ०६९ सम्मको मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ ।’

आजको सुनुवाईका क्रममा उनले आफू इच्छाविपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताए । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको अहिले परिस्थितिवस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले सुनाए ।

समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले बिचौलिया पहिचान गरी सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताएका छन् । उनको सुनुवाई शुक्रबार पनि हुने समितिले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *