राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिले अख्तियारका प्रमुख आयुक्त राईसहितका पदाधिकारी बोलाइए

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको छ ।

आइतबार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारबाहीहरू, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्य योजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल गर्न प्रमुख आयुक्त राई सहित आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द, डा। हरि पौडेल, डा। सुमित्रा श्रेष्ठ र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको हो ।

छलफलका क्रममा अख्तियारको तर्फबाट सचिव रामेश्वर दंगालले हालसम्म भएका काम कारबाही, प्रगति विवरण समितिमा प्रस्तुत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयक छिटो अघि बढोस् भन्ने चाहना रहेको बताए । उनले सरकारी कामसँग जोडिएका निजी संस्था र एनजिओमा पनि अनुसन्धान गर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिए ।

सचिव दंगालले सार्वजनिक सरोकार जोडिएको कम्पनी, निजी क्षेत्र समेतको भ्रष्टाचार अख्तियारको क्षेत्राधिकारभित्र पर्ने गरी अघि बढाउन जोड दिएका छन् । समितिमा छलफल जारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *