ओलीलाई भेट्न च्यासल पुगेका वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार

काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए । ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले ओलीसँगको भेटवार्तापछि भने, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ ।’

गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् । त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् भने। नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको समेत बताए ।

‘अबको छलफलमा नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी नेकपा एमालेमा एकीकृत हुनका निमित्त तयार छ । म पनि तयार छु । तर यसमा भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने हो त्यससम्बन्धी पहिला नै छलफल भएर टुंगो लगाएर मात्रै आउने भन्ने भएको छ ।

नेकपा विभाजनसँगै गौतम नेकपा एकता अभियान नामक पार्टी गठन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *