जिम्बाबेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । नेपालका ब्याटसमेन कुशल भुर्तेलले आईसीसी विश्वकप छनोट खेलमा जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ६४ बल खेलेका उनी ५१ रन बनाएर क्रिजमा छन् ।

२० ओभरको खेल सकिँदा नेपालले एउटा पनि विकेट गुमाएको छैन । नेपालका ओपनर ब्याटसमेन जोडी कुशल र आशिफ शेख मैदानमै छन् । नेपालले विना विकेटको क्षतिमा ८६ रन जोडेको छ ।

नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । ब्याटसमेन मैदानमा सेटिङ भइसकेकाले अब स्कोर बढ्ने अपेक्षा गरिएको छ । आशिफ शेखले ३१ रन जोडेका छन् । यो समाचार बनाउदा सम्म नेपालले १०९ रन बनाईसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *