जिम्बाबेविरुद्ध नेपालको राम्रो प्रदर्शन

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गरिरहेको छ।

घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।

नेपालको ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५० रनको साझेदारी गरिसकेका छन्।

नेपालले १३ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ५२ रन जोडेको छ। नेपालका लागि कुशल (३४ रन) र आसिफ (१५ रन) बनाएर खेलिरहेका हुन्।

यसअघि नेपालका कुशल भुर्तेलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् ।

यद्यपी नेपालले जिम्बावेसँग पहिलोपटक भने खेल्न लागेको होइन। यसअघि नेपालले जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *