शैक्षिक मेला बन्द गराएर महानगरले ज्यादती गर्‍यो ः आयोजक


काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले आठौँ कान्तिपुर हिसान एडू फेयर सञ्चालन गर्नबाट रोकेर काठमाडौं महानगरले ज्यादती गरेको आरोप लगाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले विद्यार्थी र अभिभावकको सुसूचित हुने अधिकारबाट वञ्चित गरिएको बताएको हो । आायोजकमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन लिमिटेड छन् ।

उनीहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महानगरपालिकालाई जानकारी दिएर थालिएको मेला कुनै लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा बन्द गराउनु न्यायोचित नभएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै हिसानका उपाध्यक्ष युवराज शर्माले काठमाडौं महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनेर हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरको बताए ।

काठमाडौं महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनी हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसूचित हुने अधिकार वञ्चित गराएकोमा गम्भीर ध्यानाकर्षण भएको छ, उनले भने । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन लिमिटेडको संयुक्त आयोजनामा २०८० जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला थालिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *