एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो।

सो भेटमा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *