बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु , २८ जना अझै बेपत्ता

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ ।

सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जनाएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् भने। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम ८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा ६ का वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई रहेका छन् ।

बाढी र पहिरोमा परी अझै २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।
बेपत्ता भएका मध्येमा सबैभन्दा धेरै संखुवासभामा का १८ जना । त्यस्तै पाँचथरका तीन, ताप्लेजुङका तीन, भोजपुरका दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको र मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि आइतबार प्रदेश सरकारको तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वमा टोली प्रभावित क्षेत्र पुगेको थियो ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेपत्ताको खोजी गरी प्रभावितलाई राहत र उद्दार प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शनिबारको वर्षाका कारण सबैभन्दा बढि क्षति संखुवासभा, पाँचथर र ताप्लेजुङमा पुर्‍याएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *