राष्ट्रपतिको मुटुमा राखियो पेसमेकर, स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । पाँच दिनदेखि अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जनाएको छ । पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले चार दिनसम्म पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकले मुटुको निगरानी गरिरहेको सूचनामार्फत जानकारी गराएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *