नेपाललाई दोस्रो ठुलो झड्का, भीम सार्की २ रन बनाउँदै आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट पनि गएको छ ।

नेपालका भीम सार्की २ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट भएका छन् । ४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन छ । उनलाई जोसेप होल्डरले विकेट किपर साई होपको हातबाट क्याट आउट गरेका हुन् ।यसअघि होल्डरले नै ओपनर कुशल मल्ललाई ५ रनमा बोल्ड गरेका थिए ।

भीम आउट भएपछि कप्तान रोहति ब्याटिङ्मा आएका छन् ।

यो सँगै नेपालको ६.२ ओभरमा २ विकेट गुमाउदै २७ रन बनाएको छ । र नेपालको लागि निकै कठिन खेल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *