संसदीय समितिका कामकारबाही प्रभावकारी बन्न सकेनन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन् ।

बिहिबार संसदीय समिति सभापति चयनका लागि राजनैतिक दललाई आग्रह गरेपनि बेवास्ता गरेपछि संसदीय समितिका काम कार्बाहीमा कठीनाइ परेको उनले बताएका हुन् ।

‘ राजनीतिक पार्टीहरुले निर्णयमा मात्र समिति सभापति चयन हुने भएकाले राजनैतिक दलहरुले उक्त विषयलाई बेवास्ता गरेपछि समस्या पैदा हुने गरेको उनले गुनासो व्यक्त गरे । संसदीय समिति सभापति चयनका लागि पटक–पटक अनुरोध गरेपनि राजनैतिक दलहरुले कानमा तेल हालेर बसेको उनले बताए ।

गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रुपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय तोकिदिएका थिए । एकै पटकमा संभव नभए पटक–पटक गरेर भएपनि संसदीय समिति सभापति चयनका लागि राजनैतिक दलहरुलाई अनुरोध गरेको पनि उनले बताए ।

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले लिने व्यावस्था भएकाले त्यसमा समिति सभापति चयन गर्न समस्या नहुने सभामुख घिमिरेले स्पष्ट पारे । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० वटा संसदीय समिति गठन गरेको थियो । सभापति निर्वाचित नभएका कारण संसदीय समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षमा बस्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *