कुमारी बैंकको जोरपाटीको सानो बजारमा क्युआर सेवा


काठमाडौं । कुमारी बैंकले काठमाडौं जोरपाटी स्थित यस सानो बजारका व्यवसायीहरूको लागि क्युआर सुविधा ल्याएको छ । आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्युआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ । यसै क्युआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि बैंकले सानो बजारमा निःशुल्क वाई फाई सुविधा पनि उपलब्ध गराएको छ ।

साथै, बैंकले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सिसि क्यामेराको पनि व्यवस्था गरेको छ । सानो बजारको यस उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य माननीय सन्तोष चालिसे , प्रतिनिधिसभाका सदस्य माननीय शान्ति श्रेष्ठ, तथा गोकर्नेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल , उप प्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई, तथा बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल लगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *