नेपाल इको प्यानलको स्टिल स्ट्रक्चरमा फल्स सिलिङका रुपमा पनि उपयोगी


काठमाडौं । नेपाल इको प्यानलले भक्तपुरको नगरकोटस्थित एउटा होटेलमा गरेको नमूना प्रयोगबाट अवदेखि फलामबाट बनेको संरचनाहरुमा पनि फल्स सिलिङको रुपमा प्रयोग गर्नसक्ने सिद्ध भएको छ । यसअघि नेपाल इको प्यानलको प्रयोग ढलान गरी बनाएको वा अन्य अस्थायी संरचनामा पार्टेशन वालको रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले नगरकोटस्थित आफनै फन्की हिल इन होटेल एण्ड रिसोर्टमा यसको प्रयोग गरेको जनाए । प्रयोगात्मक सम्भाबनाको लागि गरिएको कार्यको सफल प्रयोगपछि फलामबाट बनेको संरचनामा पनि नेपाल इको प्यानल सजिलै फल्स सिलिङको रुपमा प्रयोग गर्न सक्ने सिद्ध भएको इन्जिनियर दुवालले जनाए ।

‘सफल प्रयोगपछि अव धेरैजनाले सुविधा पाउने भएका छन्, इन्जिनियर दुवालले थपे, ‘यसअघि फलामबाट बनेको संरचनामा मार्केटमा भएको जिप्सम वा सिमेन्ट बोर्डको प्रयोग गरि फल्स सिलिङ्ग बनाउदा जस्ताबाट शीतको पानी टप्प टप्प चुहिने , मुसाले प्वाल बनाउने जस्ता अनेकौ समस्या थियो, अव त्यो समस्या हटने भयो ।’ पछि केही गरी भबन भत्काउनु परे पुनः प्रयोग गर्न सक्ने हुनु यसको विशेष विशेषता रहेको उनी सुनाउँंछन् ।

इन्जिनियर दुवाल थप्छन , नेपाल इको प्यानल साउण्ड प्रुफ भएकोले त्यसलाई फल्स सिलिङ्गको रुपमा प्रयोग गरि जस्ताको मुनि बनाइएको होटेल रूममा सुत्दा पनि राति ठुलो पानी पर्दा पनि खासै निन्द्रामा डिस्टर्ब नहुने ’इको प्यानल कारखानामा पहिला नै तयारी गरी जोडन मात्रै लाने नयाँं आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार पारिएको इको प्यानललाई स्टिल स्ट्रक्चरबाट बनाइएको संरचनामा फल्स सिलिङको रुपमामा पनि प्रयोग गर्न उपयोगी सिद्ध भएको छ। यही माथि राखेका इको प्यानललाई पछि केही गरी भबन भत्काउनु परेमा फलाम जस्तै पुनः अरु ठाउँंमा प्रयोग गर्न मिल्ने भएको हो । नेपाल इको प्यानल पछिल्लो समयमा देशैभरि अत्याधिक रुचाइएको आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग अत्याधिक छ । यही कारणलिे देशैभरि वितरकहरु राखी यसले आफनो सामाग्री विक्रीवितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *