माध्यामिक विद्यालयलाई स्थानीयले जग्गा सहयोग

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् ।

वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताए । उनका अनुसार बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकैको चार सय वर्गमिटर जग्गा विद्यालय व्यवस्थापन समितिको बैठकमा लालपुुर्जासहित हस्तान्तरण गरेका हुन् ।

विद्यालयको नाममा खाली जग्गा नभएकाले आवश्यक भौतिक संरचना निर्माणमा कठिनाइ भइरहेका थियो”, वडाध्यक्ष बुढाले भने, “बूढाले व्यक्तिगत सम्पत्ति विद्यालयका लागि सहयोग गरेपछि आवश्यक भौतिक संरचना निर्माण गर्नेछौँ ।” उनका अनुसार बालविकासदेखि कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा हाल तीन सय ७५ विद्यार्थी अध्ययनरत छन् ।

कक्षा कोठा कम भए पनि विद्यालयको नाममा जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भइरहेको बेला गाउँकै जग्गादाताबाट सहयोग प्राप्त भएपछि भौतिक संरचना निर्माणको बाटो खुलेको वडाध्यक्ष बुढाले बताए । विद्यालयले यसअघि पनि सहयोगमा जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *