विराटनगर महानगरको बजेट ३ अर्ब २८ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाको १२औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका हुन्। चालू आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले आगामी वर्षका लागि खर्च व्यहोर्ने स्रोतमध्ये अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

यस्तै आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको छ ।

व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान महानगरको बजेट वक्तव्यमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *