‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरबिबि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो ।

हालै जारी भई बाँडफाँड भएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई अर्थात ८४ करोड ६१ लाख १९ हजा २ सय ९० रुपैयाँ बराबरको उक्त फण्ड असार ११ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड असार १२ गते मंगलबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *