सानिमा रिलायन्समा शत प्रतिशत विलम्ब शुल्क छुटमा बीमालेख नवीकरण


काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ गते सम्म लागू हुने छ ।

पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले सो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *