नेपालको आशिषको डेब्यू गोलमा सान्त्वना जित


बैंगलुरु । नेपालले साफ च्याम्पियनसिप २०२३ मा आशिष चौधरीले डेब्यू गोल गरेपछि पाकिस्तानलाई मंगलबार १ ० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे । ४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।
१५ वर्षपछि साफमा पाकिस्तान विरुद्ध जित
नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्‍यो । पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २(१ ले पराजित भएको थियो । यस पटक दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको अवस्थामा नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा थियो । तर त्यसमा नेपालले बाजी मार्‍यो । नेपालले सुरुवातदेखि नै खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ चुस्त हुन नसक्दा ८० मिनेटसम्म पर्खनुपर्‍यो । त्यसअघि आधा दर्जन अवसर गुमाएको नेपालले खेलको अन्तिमतिर पनि केही मौका चुकाएको थियो ।

खेलको १३औं मिनेटमा विमल घर्ती मगरले एजबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ४२औं मिनेटमा नेपाले गोल गर्ने राम्रो मौका गुमायो । मनिष डाँगीको क्रसमा विमलले बक्स भित्रबाट हानेको प्रहार युसुफ इजाज बटले बचाए । दोस्रो हाफमा पनि नेपालले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । ५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने राम्रो अवसर गुमाए । देवेन्द्र तामाङको फ्रिकिकमा अननन्तले मिलाएको बलमा नवयुगले बक्स भित्रबाट प्रहार गरेर हेडर क्रसबार माथिबाट बाहिरियो । ६०औं मिनेटमा एरिक विष्टको पासमा मनिषको प्रहार पाकिस्ताद्दी गोलकिपर युसुफ बटले बताए । ७०औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक क्रस बारमा लागेर फर्कँदा नेपालले गोल गर्ने अवसर गुमायो । तर ८०औं मिनेटमा आशिषले गोल गरेपछि नेपललाई राहत मिल्यो । पाकिस्तानको फुटबलमा भने यो अर्को खराब नतिजाको रुपमा रहनेछ ।

किनकी यस साफमा समूह्यको सबै तीन खेलमा पराजित भएको पाकिस्तानले लगातार १२ खेलमा हार व्यहोरेको हो । २०१८ मा ढाकामा भएको साफमा भुटानलाई समूह चरणको अन्तिम खेलमा पराजित गरेपछि पाकिस्तानले लगातार १२ खेल हारेको हो । २०२२ जुनमा फिफाको निलम्बन फुकूवा भएपछि भने पाकिस्तानको यो लगातार आठौं हार हो । गत वर्ष नोभेम्बरमै काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १ ० ले पराजित गरेको थियो । त्यसपछि भएको मैत्रीपूर्ण खेलमा माल्दिभ्ससँग पाकिस्तान उही नतिजामा पराजित भयो । साफअघि मरिससमा भएको फोर नेसन्स कपमा पाकिस्तान मरिस, केन्या र जिबुटीसँग पराजित भएको थियो । निलम्बनमा पर्नुअघि पाकिस्तान भारत, पाकिस्तान र कम्बोडियासँगको दुई खेलमा पराजित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *