सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *