रविको सांसद पद जोगियो, युवराज सफलको रिट खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले लामिछाने सांसद पद खारेज गर्न माग गर्दै दायर रिट खारेज गरेपछि उनको सांसद पद जोगिएको हो ।

लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले बुधबार रिट खारेज गरेको हो । यद्यपि उनको दोहोरो राहदानी प्रयोग गरेको रिट भने अदालतमा विचाराधीन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *