नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको आरोहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन । यही जुन २९ तारिखका दिन बिहान ९बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन । पाण्डेले एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराउनु भएको थियो । उक्त हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ ।

उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गरेका थिए । पाण्डेले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।

पाण्डेले सन् २०१६देखि हिमाल चढ्न सुरु गरेका हुन । उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन । पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए । रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *