पार्टीले दिएको जुनसुकै जिम्मेवारी लिन तयार छु : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको छ । यससँगै अब बन्ने नयाँ सरकारको नेतृत्व कसले गर्ने सन्दर्भमा नेता राईले यस्तो प्रक्रिया दिएका हुन् ।

शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा जम्मा ४६ मत खसेको थियो । उनलाई ४७ मत आवश्यक थियो ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन् । ९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नभएपनि पार्टीले दिएको जुनसकै जिम्मेवारी लिन तयार रहेको बताए ।

उनले भने, ‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर, व्यक्तिगत रुपमा मेरो दाबी र प्रयास छैन ।’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *