यसरी मनाए सिन्धुलीबासीले असार पन्ध्र हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । आज असार पन्ध्र । यस दिनमा दही र चिउरा खाएर धान रोप्ने प्रचलन चल्दै आएको छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाएर धान रोप्ने प्रचलन चल्दै आएको छ ।

यस असारे १५ को दिनलाई किसानहरुले विषेश दिन मान्ने गरेका छन् । आजको दिन धान रोपे सह आउने धार्मिक मान्यता समेत रहेको छ ।

असार महिना किसानका लागि ‘मानो छरेर मुरी’ उब्जाउने समय भनेर चिनिन्छ । नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको रोपाईं पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ । उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् ।

असार लागेसँगै देशैभरका विभिन्न ठाउँमा रोपाइँ भइरहेको छ । यतिबेला सिन्धुली कमलामाई नगरपालिका- ६ स्थीत नुनथलामाका किसानलाई रोपाइँको चटारो परेको छ । काठमाडौँ न्यज डटकमकर्मी रिजन कार्कीले शुक्रवार दिउँसो क्यामारामा कइद गरेका रोपाइँका रमाइला तस्बिर यस्ता छन् ।

हेर्नुहोस् सिन्धुलीबासीको असार पन्ध्र ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *