ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न निर्देशन दिएको छ । सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जानकारी दिएको हो ।

महानगरले वडा नम्बर–४ मा पर्ने उक्त क्षेत्रमा अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सूचना जारी गरेको छ । सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *