ओम सुनार फेरी गायनमा व्यस्त


काठमाडौं ।
‘मैले तिमीलाई आफ्नो मानिसकेको छु
मैले तिमीलाई आफ्नो ठानिसकेको छु
अधुरो छु म तिमी विना
अपुरो छु म तिमी बिना….’
यो गीत हालैमात्र रिलिज भएको हो । नयाँ नेपाली चलचित्र ‘रोशनी’मा समेटिएको यो गीतलाई अहिलेका चर्चित गायक ओम सुनारले गाएका हुन् । उनीसँगै यो गीतमा अन्जु पन्तको स्वर रहेको छ । चाँडै रिलिज हुने चलचित्र रोशनीको यो गीतको भिडियोमा अभिनेता रमेश अब्जु र अभिनेत्री कशिश दाहालले अभिनय गरेका छन् ।
कोरोनाकाल अभि चलचित्र गायनमा निकै सक्रिय रहेका ओमको कोरोना पछि पनि सिनेमामा धमाधम गीतहरु आईरहेका छन् । यस्तै निर्देशक शिबम अधिकारीको नयाँ चलचित्र ‘मुस्कान’मा पनि गायक ओम सुनारको स्वरमा नयाँ गीत मुस्कान…रेकर्ड भईसकेको छ । यो चलचित्रलाई अभिनेता रमित ढुँगानाले निर्माण गर्दैछन् ।
दशक अघि चलचित्र डन्ट ब्रेक माई हार्टको तीन वटै गीत जति जति…, मेरो मन…, बुलबुल…गायर ओमले चलचित्रमा गायन यात्रा सुरु गरेका थिए । त्यसपछि उनले चलचित्र कम्पनको तीन वटै गीत कस्तो कस्तो…, कम्पन…, ओई काली… गाएका थिए भने उनले चलचित्र झमक बहादुरको आमैले भन्थे…, मृग नयनी… र झमकबहादुर…गीत तीन वटै गीत गाएका थिए ।
यी तीन चलचित्रमा तीन– तीन वटा गीत गाएका ओमले त्यसपछि चलचित्र आवाराको इस्क गरेँ…, चलचित्र नमस्ते नेपालको कहिले पनि नओईलिने…, बुद्ध बर्न इन नेपालको शिर्ष गीत बुद्ध बर्न इन नेपाल…, चलचित्र इनकाउन्टर गल्लीमा डल्ली…, चलचित्र बाबुकान्छामा चन्द्रमा झैं राम्री छौ…., चलचित्र नेप्टेमा सुपारी काँचो…, चलचित्र लोभीपापीको डार्लिङ…जस्ता थुप्रै गीतहरु गाईसकेका छन् । गायक ओम सुनारले लोभीपापी चलचित्रको डार्लिङ…गीतबाट पिम नेपाल फिल्म फेस्टिबल २०२० मा चलचित्र गायन तर्फ उत्कृष्ट गायकको अवार्ड समेत जिते ।


कोभिड अगाडि गीत रेकर्डीङ र कन्सर्टमा निकै व्यस्त रहेका गायक ओमको अनुभवमा कोभिडले करिब दुई वर्ष नेपाली चलचित्र तथा गीत संगीत उधोग निस्कृय बनायो । नेपालमा कोरोनाको कहर कम भएपछि फेरी गीत सँगीत तथा चलचित्र उधोग फस्टाएको छ,‘पछिल्लो समय गीतमा भ्याई नभ्याई छ । चलचित्रसँगै अन्य थुप्रै जनराका गीत पछिल्लो समय एकपछि अर्को गर्दै मेरो स्वरमा बजारमा आईरहेका छन् ।’ गायक ओम सुनारले भने ।


दुई सय भन्दा बढी गीत आफ्नो स्वरमा यस अघि रेकर्ड गराईसकेका ओमले कोरोना कम भएपछि आफ्नो स्वरमा तीन दर्जन भन्दा बढी विभिन्न शैलीका गीतहरु रेकर्ड गराईसकेका छन् । कोरोना काम भएपछि बजारमा आएका ओमका लाहुरे सिपाही दाई…, यो मन…, कोलम्बसकी कान्छी…, तिम्रो कसम…जस्ता थुप्रै गीतहरु हिट भएका छन् । उनले गायनबाट त्यतिकै अवार्ड पनि थापिरहेका छन् । केही महिना अघिमात्रै उनले लाहुरे सिपाही दाई…गीतबाट सगरमाथा म्युजिक अवार्ड समारोह २०२२ मा उत्कृष्ट लोकपप गायकको अवार्ड चुमेका छन् । यी गायकको स्वरमा आधा दर्जन गीतहरु तयार भएर बजारमा आउने तयारीमा यतिबेला रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *