प्रियंकाले सासूको ओठमा किस खाएपछि…

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आफ्नो बोली र स्टन्टका कारण बेलाबेला चर्चामा आउने गर्छिन् । आयुश्मानदेशराज जोशीसँग दोस्रो बिहे गरेकी प्रियंका अहिले एक छोरीकी आमा बनेकी छन् । उनको पहिलो बिहे रोचक मैनालीसँग भएको थियो । पहिलो घरजम बिग्रिएपछि अमेरिकाबाट नेपाल फर्केर उनी सिनेमा खेल्न थालिन् । थुप्रै फिल्ममा अभिनय गरिन् । लोकप्रियता कमाइन् पनि ।

छोरी जन्माउन केही समय विश्राम लिएकी प्रियंका अहिले रियालिटी शो र फिल्ममा अनुबन्ध भएकी छन् । तर फेरि उनी एउटा तस्बिरका कारण चर्चामा आएकी छन् । सासू रविना देशराज श्रेष्ठसँग ओठमा किस गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी प्रियंका सोही तस्बिरका कारण चर्चामा आएकी हुन् । उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रविनाले हालै विदेशी नागरिकसँग दोस्रो बिहे गरिन् । दुई छोरा आयुष्मान र आशीरमानले आमाको बिहे गराइदिएका हुन् । बुहारी प्रियंका पनि सासूको बिहे गरिदिएकामा निकै खुसी छिन् । त्यही खुसी साट्न उनले मंगलबार सासूको ओठमा किस खाएको तस्बिर सार्वजनिक गरेकी थिइन् । उनले तस्बिरसँगै राखेको स्टाटसमा रविनालाई हिम्मतवाली र मायाकी खानी महिलाको उपमा दिएकी छन् । आयुष्मानसँग प्रेम सम्बन्धमै रहेका बेला रविना र प्रियंकाको टु पिस लगाएको तस्बिर निकै विवादमा परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *