एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएसँगै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए ।

सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ । संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि संसद भवनमै बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बसिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *