‘ह्वाट द फ्लप’ चलाउने सन्दीप क्षेत्रीमाथि कान्तिपुर टेलिभिजनले कारबाही गर्ने

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई कलाकार सन्दीप क्षेत्रीले मजाक बनाएपछि कान्तिपुर टेलिभिजनका मालिक कैलाश सिरोहियाले उनीमाथि कारबाही गर्ने भएका छन् । एक नाबालिकलाई बलात्कार गरेको आरोपमा एक वर्ष हिरासतमा बसेर निस्किएका पल शाहलाई कार्यक्रममा ल्याएर बलात्कारलाई मजाक बनाएको भन्दै उनीमाथि कारबाही हुन लागेको हो । कान्तिपुर टेलिभिजनका पवन आचार्यले यसबारे जानकारी दिएका हुन् ।

सन्दीप र पलबीचको कार्यक्रम हेरेर अमृता लम्सालले ट्विटमा लेखेकी छन्, ‘पल शाह र सन्दीपको घीनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक ।’ त्यसको जवाफ दिँदै पवन आचार्यले लेखेका छन्, ‘यसबारे अध्यक्ष तथा प्रबन्ध निर्देशकज्यूले नै यो घटनालाई गम्भीर रुपमा लिएको र आवश्यक कारबाही गरिने’ बताइसक्नु भएको छ ।

कमजोरी हुन गएकोमा क्षमाप्रार्थी छौं । आगामी दिनमा थप सचेत हुन्छौं ।’
पलले टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभव सुनाएका छन्। सो अनुभव सुनाउँदा कार्यक्रम प्रस्तोता रहेका सन्दीप क्षेत्रीको हाँसो भने रोकिएन। जेल बसाइको वर्णन गर्दा पल भावुकभन्दा पनि बढी रोमाञ्चित देखिन्थे। पलभन्दा बढी रोमाञ्चित देखिएका थिए सन्दीप।

पलले जेलमा हुन्छु भन्नेबित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले भनेका छन्, ‘जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि पाँच वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।’

पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दीप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ। सन्दीपले उक्त अनुभवलाई हाँसोमा उडाउनु महिलामाथिको गम्भीर अपराधप्रति घिीलाग्दो सोच भएको भनी तर्क गरिरहेका छन्।

हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाकमै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो ।’ त्यस्तै, दिनेश काजी लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु ।।।को पीडामा उसकी छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो गर्दैछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *