शिवम् सिमेन्टको एसियन एथलेटिक्सका खेलाडीलाई प्रायोजन


काठमाडौं । थाइल्याण्डको पटैयामा २७ असारदेखि १ साउनसम्म सञ्चालन हुन लागेको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसीपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ । च्याम्पियनसीपमा नेपालबाट विभिन्न विधाहरुमा सहभागी जनाउने खेलाडीहरु आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीलाई शिवम् सिमेन्टले प्रायोजन गरेको हो ।

एसियन एथलेटिक्स एसोसियसनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन एथलेटिक्स च्याम्पियनसीप अघिल्लो पटक चीनमा हुने भनिएको खेल कोभिड–१९ का कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *