सिटिजन्स बैंकका कार्ड बाहकलाई मिडाट हस्पिटलमा छुट


काठमाडौं । सिटिजन्स बैंकका कार्ड बाहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मिडाट हस्पीटल प्रालिले सिटीजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंक र अस्पतालको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले बताएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा ल्याइरहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *