तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो ।

जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील युक्त भएको विषयमा हाम्रो निष्कर्ष रहेको छ । कमरेड सीता दाहालको निधनको दुःखद घडीमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

सांसद कार्कीले बुधबार पशुपति आर्यघाटमा सञ्चार माध्यमसँगको कुराकानीका क्रममा ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिनसक्नुभएन राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउनसक्छ’ भनेकी थिईन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *