दिनौं दिन जलवायु परिवर्तन बढ्दैँ – प्रकृति प्रेमी प्रबिण आचार्य

काठमाडौँ । कृषिको उत्पादन बढाउन रासायनिक मलको प्रयोग भयो । बालीलाई जोगाउन विषादीको प्रयोग भयो । यसबाट माटो विषाक्त भयो । माटोमा हुर्कने जीवजन्तु नासिन थाले । औद्योगिकरणका नाममा कोइला, पेट्रोल र प्राकृतिक ग्याँसको व्यापक उपयोग भयो । उद्योग स्थापना र उद्योगका लागि बाटो बनाउन वनजङ्गल नासियो । यसले वायु प्रदूषण बढ्यो । मानिसले बनाएका विभिन्न सुख(सुविधाका सामानले वायुमण्डलमा नकारात्मक प्रभाव पार्यो । नदीजन्य पदार्थको लागि नदीहरूको दोहन बढ्यो । वायुमण्डलमा भएको ओजोनतह पातलियो । यसबाट जलवायु परिवर्तनका असरहरू देखिन थाले ।

विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तनलाई जलवायु परिवर्तन बुझाउँछ । जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको हो । यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ।

जलवायु परिवर्तनले हामीलाई कसरी असर गर्छ ?
पृथ्वीको तापमान गत १५० बर्षमा मानव गतिविधिका कारण १ डिग्रीले बढेको छ । पृथ्वीको वायुमण्डलका केही ग्याँसहरू जस्तै स् हरितगृह ग्याँसहरू, कार्बनडाइअक्साइड, मीथेन आदिले ताप पृथ्वीबाट बाहिर निस्कन रोक्दछ । यी ग्याँसहरू प्राकृतिक रूपमा नै वायुमण्डलमा हुन्छन् र पृथ्वीलाई स्थिर तापक्रममा राख्दछन् यद्यपि मानविय क्रियाकलापहरू ( जस्तै जीवाश्म ईन्धनहरू (पेट्रोल, डिजल) जलाउनु, सवारी साधनहरू चलाउनु, खाद्यान्न उत्पादन, वन विनाश तथा अत्यधिक खपतले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित गर्दछ जसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीलाई तातो बनाइ राखेको छ ।

जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (Ecosystem)लाई असर गर्न सक्छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने, र मानिस विस्थापित हुनुपर्ने सम्मको स्थिती निम्त्याउन सक्दछ ।

जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व हो !

हाम्रा गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा योगदान पुर्याएको कारणले हाम्रो वातावरणले कष्ट भोग्नुपरेको छ । समुद्र, भूमि, हावा, बोटबिरुवा, जनावरहरू तथा सूर्यबाट आउने उर्जा, सबैले एक अर्कालाई प्रभाव पार्छन्। पृथ्वीको जलवायु र पारिस्थितिक प्रणालीहरू ( हामी सहित ( एउटा ठूलो, जडान गरिएको प्रणाली जस्ता कार्यहरू गर्दछन्, जसको हामीले ख्याल राख्नु आवश्यक छ।

तर हामी सबैले कार्बन उत्सर्जनलाई काम गरेर (न्यूनीकरण भन्ने भनिन्छ) र दिगो जीवन(शैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्न सक्छौं ।

यद्यपि यी कार्यहरूले सबै जलवायुका जोखिमहरूलाई रोक्न सक्दैन, तसर्थ यही कारणले सरकारहरूबाट प्रतिबद्धता र नियमहरू पनि आवश्यक छ।

आफ्नो जीवन-शैलीमा साना परिवर्तनहरू गरेर र हाम्रा साथीहरू तथा परिवारसँग ज्ञान बाँढेर, हामी ठूलो भिन्नताको शुरूवात गर्न सक्दछौं।

आफ्नो फोहोर आँफै सम्हाल्दै :

तीन आर सिद्धान्त ​​( कम प्रयोग, पुनः प्रयोग र पुनः चक्र गर्नुहोस्।
हामीले दैनिक उत्पादन गर्ने फोहोरको मात्रा घटाउनका लागि स्रोत तथा संसाधनहरूको सचेत तथा उचित उपयोगलाई बढावा दिन महत्त्वपूर्ण छ। यसको मतलव अत्यधिक मात्रा वा एक(पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरू खरीद नगर्नु हो ।

कम प्रयोगस् हामीले वास्तवमै चाहिने भन्दा बढी सामाग्री उपभोग गर्नु हुँदैन। यसका साथै, हामीले एक(पटक मात्रै प्रयोगमा आई खेर जाने सामाग्रीको उत्पादन संख्या घटाउनु पर्दछ।

पुनस् प्रयोगस् पुनः प्रयोग गर्नु भनेको सामाग्रीहरूलाई फ्याँक्नु अघि फेरि उही वा अर्को प्रयोजनको लागि प्रयोगमा ल्याउनु हो। यसो गर्दा हाम्रो फोहोरको मात्रा कम हुन जान्छ ।

पुनः चक्रस् प्रयोग गरिएको सामग्रीलाई प्रशोधन गरी नयाँ काम गर्न सक्ने उत्पादनहरूमा परिवर्तन गरी प्रयोग गर्ने तरिका पुनःचक्रियकरण
यदि तपाइँ वास्तवमै पृथ्वीको ख्याल राख्नुहुन्छ र केहि गर्न चाहनुहुन्छ भने, हाम्रो पृथ्वीलाई सुरक्षित राख्न मद्दत गर्न सक्ने केहि साधारण उपायहरू अपनाउन सक्नु हुनेछ !

तपाईं आफ्नो कार्बन पदचिह्न कसरी कम गर्न सक्नुहुन्छ ?
कार्बन पदचिह्न कम गर्नको लागि अनुसरण गर्न सकिने धेरै उपायहरू छन्, हामीले तपाईंको लागि केही मार्गहरू सूचीबद्ध गरेका छौँ। कृपया तपाइले यसबारे कसरी अगाडि बढ्नुहुनेछ, भनि लेख्नुहोस्। एउटा उदाहरण तपाईका लागि तल दिइएको छ।

उदाहरणहरू :
क) हवाई उडान कम गर्ने
ख) पेट्रोल तथा डिजलको गाडी भन्दा विद्धुतिय गाडीको प्रयोग गर्ने
ग) सम्भव भएसम्म सार्वजनिक यातायातको प्रयोग गरेर अथवा लिफ्ट मागेर
घ) पैदल यात्रा वा साइकलको प्रयोग

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *