श्रमिकसँग दुईखाले भिसा फेला परेपछि विमानस्थलबाट ११७ जना फिर्ता

काठमाडौं । श्रमिकसँग दुई खालको भिसा फेलापरेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट कुवेत जान लागेका ११७ जना फिर्ता भएका छन् ।

भिसा शंकास्पद देखिएपछि बुधबार सलाम एयरमार्फत टिकट लिएका १०१ जना र कुवेत एयरमार्फत १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।

कुवेत जान लागेका ११७ जनाले विभिन्न म्यानपावर कम्पनीबाट विभिन्न कम्पनीहरुका गर्ने उदेश्यले वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति लिए पनि विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको थाहा पाएपछि अध्यागमनले फर्काएको उनको भनाइ छ ।

श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात भेटिएपछि उनीहरुलाई कुवेत जान रोक लगाएको महानिर्देशक अधिकारले बताए । घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान नमिल्ने भएपनि विभिन्न म्यानपावरले उनीहरुलाई विभिन्न कागजात बनाएर विदेश पठाउने गरेपछि उनीहरुको सुरक्षाका लागि नेपालबाट कुवेत जान रोक लगाइएको अधिकारीले उद्घोष गरे ।

अधिकांश लगभग ७०/८० जना श्रमिकलाई उक्त भिसावारे थाहा नै नभएको कुरा महानिर्देशकसमक्ष गुनासो सुनाउँदै थप अनुसन्धान गरिदिन समेत आग्रह गरेको उनले बताए ।

यस्ता अवैध गतिविधी गरेर विदेश जाने नेपाली नागरिकलाई झुट्टो आवश्वासन दिएर नक्कली कागजात बनाई विदेश पठाउने म्यानपावरलाई आवश्यक कार्बाही गर्न विषयमा गृह मन्त्रालय र श्रम मन्त्रालयसँग छलफल गरिसकिएको स्रोतले जानाएको छ ।

अनुसन्धान पश्चात संम्बन्धित म्यानपावर कम्पनीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभागलाई पत्र पठाउने तयारी रहेको महानिर्देशक अधिकारले बताए ।
इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसाका लागि श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघले भने संकास्पद विषयमा विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने नागरिकलाई रोक लगाउनु नकरात्मक भएको भन्दै असहमती जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *