अमेरिकी सहायक विदेशमन्त्री लूले गरे एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

शुक्रबार मात्र काठमाडौंका आएका लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *