सचिव राउतको निवेदनलाई एकैसाथ पेश गर्नु : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *