कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख हस्तान्तरण


काठमाडौं । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको हो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले यो बीमा सुविधा, सानिमा जि।आई।सि। इन्स्योरेन्स लि। सँगको सहकार्यमा गरेको हो । परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *