आइएमई लाइफको आईपीओ बाँडफाँड सम्पन्न


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार २१ देखि २५ गतेसम्म सर्वसाधारणको लागि बिक्री गरेको आइपिओ बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो कुल पुँजीको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो।

जसमा कम्पनीले प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो। सो आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता सेयर माग भएको र ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता सेयर सदर भएको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । त्यस्तै, ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयर बदर भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आइपिओको बाँडफाँड गरिएको छ। जसमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *