केन्द्रीय समिति बैठकका लागि मागे गगन थापाले सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका लागि अनलाइनबाटै सुझाव मागेका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने भन्दै उनले आफूलाई सुझाव दिनेहरूले इमेल गर्नसक्ने बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा सम्पूर्ण गाउँनगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्ने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गरेका छन् । ‘करिव एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ ।

यसबीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल thapagk@gmail.com अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँनगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु,’ थापाले लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *