मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ । सभामुख देवराज घिमिरेले विधेयक संसद्मा पेश गरेका हुन्। अहिले सो विधेकमाथि दफावार छलफल जारी छ।

विधेयकमा राप्रपा ,नेमकिपा र राश्वपाले विरोध जनाएका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताएका छन्।

सांसद् श्रेष्ठले यो विधेयक संविधान विपरीत रहेको बताइन्। उनले यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो ? भन्दै प्रश्न समेत गरेकी छन्। सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत विधेयक टेबल भएको भन्दै आपत्ती जनाइन् ।

गम्भिर प्रकृतिका मुद्दामा कसैलाई छुट दिन नहुने उनको भनाइ छ। दफावार छलफल सकेर मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै नै पारित गर्ने सत्तारुढ दलहरूको तयारी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *