रास्वपा जति छिटो उकालो लाग्यो, त्यति छिटो ओरालो झर्ने रविको चिन्ता

काठमाडौं । एक वर्षअगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ठूलो फड्को मारेको थियो । प्रत्यक्षमा आठ र समानुपातिक निर्वाचन प्रणालीमार्फत १३ सिट गरी २१ सिट जित्नु चानचुने कुरा होइन । २०६४ मा माओवादी र मधेसी जनअधिकार फोरमले पनि ऐतिहासिक जित निकालेका थिए । तर अहिले नेपाली कांग्रेस, एमाले, माओवादी जस्ता स्थापित दललाई समेत ओभरटेक गर्नु रवि लामिछानेका लागि ठूलो जित हो ।

तर रास्वपा एक वर्षमा जसरी ग्रुम भइरहेको छ, पतन पनि त्यही ढंगले हुने संकेत देखिन थालेका छन् । अहिले पार्टीमा रविको एकल नेतृत्व छ । सर्वेसर्वा बनेका छन् । भोलि व्यक्तिगत स्वार्थ बढ्दै जाँदा त्यही विद्रोह हुने सम्भावनालाई नकार्न सकिन्न । स्वयं रास्वपा सभापति रवि लामिछानेले यस विषयमा आफ्नो मुख खोलेका छन् ।

उनले अबको चार पाँच वर्षमा आफूहरू पनि अन्य पार्टी जस्तै हुन् भन्ने भाष्य खडा हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।रास्वपा बुढानीलकण्ठ नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले अबको केही वर्षमै यस्तो भाष्य प्रमाणित हुन्छ कि भन्ने डर भएको भनी चिन्ता व्यक्त गरेका हुन् ।

उनले संसदमा रास्वपा पनि एमालेको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै यसको खण्डन गरे । उनले रास्वपाका आफ्ना एजेण्डा र लक्ष्य प्रष्ट भएको र आफूहरु जनताको मुद्दामा मात्रै लागेको दाबी गरे । रविले मिसन ०८४ का लागि पार्टीमा जुनसुकै पार्टीका भए पनि राम्रो मान्छेहरूलाई ठाउँ खुला रहेकोसमेत बताए । आफूहरूले भ्रष्टाचारको मुद्दा अघि सारेपछि अहिलेजस्तो भ्रष्टाचारबारे चर्चा कहिल्यै नभएकोसमेत उनले जिकिर गरे ।

आफ्नो भोट बैंक निश्चित नभएको, अरु दल र नेतालाई गाली गरेर तानेको मत कहिल्यै दिगो हुँदैन भन्ने कुरा रविले विस्तारै बुझ्दै गएका छन् । रास्वपाले कुनै पनि भ्रातृसंगठन नबनाउने घोषणा गरेको छ ।यसको मतलब अरु दलका भोटरलाई विभिन्न लोभ, आश्वासन र प्रलोभन देखाएर फकाउने हो । यसबीचमा रास्वपाका धेरै सांसद र नेताहरू विवादमा परिसकेकाले अबको साढे चार वर्षमा रास्वपाको क्षयीकरण तीव्र रूपमा हुने विश्लेषण गर्न थालिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *