विश्वप्रकाश शर्मा : आन्दोलनमा हस्तक्षेप होइन, समस्या समाधान गरौं

काठमाडौं । नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले नेपाली श्रमिकहरूकोको न्यूनतम पारिश्रमिक तोक्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रत्येक दुई/दुई वर्षमा श्रमिकहरूको न्यूनतम ज्यादा अभिवृद्ध गर्नेुपर्ने प्रावधान भएपनि हालसम्म तोक्न नसकेको बताए।

‘श्रमिकहरूको भोलि साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्यूनतम ज्याला अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगार र श्रमिकहरूको प्रतिनिधिहरूको बीचमा संवाद गरेर त्यो टुंगोमा पुर्‍याउनुपर्ने हो,’उनले भने,’ तर त्यो हुन सकेको छैन।

सांसद शर्माले सहकारी पीडितहरू आन्दोलित रहेको बताए। उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित बनेको बताए।

सरकारले यसलाई नियमन गरेर संवाद गरेर समाधान गर्नुपर्नेमा जोड दिए। उनले भनेक्क,’सहकारी पीडितहरू आन्दोलित छन्। केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित बनेका छन। सरकारले यसलाई नियमन गरेर समस्या समाधन गर्नुपर्छ।’

उनले सरकारले सहकारी पीडितको समस्या समाधान गर्नुको सट्टा आन्दोलनमा हस्तक्षेप गरेको आरोप लगाए।

सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा पुगेर सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी,फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *