श्रमिकको न्यूनतम ज्याला बढाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् । साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजार बाट बढाउनुपर्ने भन्दै शर्माले सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी टुंगोमा पुर्‍याउन माग गरेका हुन् ।

यस्तै कांग्रेसकै अर्का सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन् । ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्युनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *