स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेत बेलायतमा


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका सिलसिलामा लन्डन आएका हुन् । लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लन्डन विमानस्थलमा स्वागत गरेका थिए ।

निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्य मन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने पनि कार्यक्रम छ । त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *